Section 127
शपथ ग्रहण
(१) बैंक वा वित्तीय संस्थामा नियुक्त भएको प्रत्येक सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारीले आफ्नो पदको जिम्मेवारी सुरु गर्नु अघि अनुसूचीमा तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको सपथ अध्यक्षले राष्ट्र बैंक समक्ष, सञ्चालक तथा कार्यकारी प्रमुखले अध्यक्ष समक्ष र अन्य पदाधिकारी तथा कर्मचारीले कार्यकारी प्रमुख वा निजले तोकेको पदाधिकारी समक्ष लिनु पर्नेछ ।